जापानिज बक्सर सिरासुलाई हराउँदै नेपाली खेलाडी घिमिरे विजयी

टोकियो : जापानको टोकियोमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा जापानिज बक्सर सिरासुलाई हराउँदै नेपाली खेलाडी अविरल घिमिरे (हिमालयन चितुवा) विजयी भएका छन् ।

टोकियोमा सम्पन्न वर्ल्ड म्याक्स के वान च्याम्पियनसिप किक बक्सिङ प्रतियोगितामा जापानका प्रख्यात खेलाडी सिरासुलाई हिमालयन चितुवाले तेस्रो राउन्डको १ मिनेट १३ सेकेन्डमा ढालेर विजय हासिल गरेका हुन् ।

Seti Hospital

जापानको नागोया सहरमा परिवारसँगै बस्दै आएका अविरलले थुप्रै अन्तर्राष्ट्रिय किक बक्सिङमा विजयी हुँदै आएका छन् । अविरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् ।

जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर अविरलले बक्सिङ हिट प्रतियोगिताका १५ खेल जितिसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार