धनगढीमा सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना

धनगढी : कैलालीको धनगढीमा सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सोमबार धनगढी उपमहानगरपालिकाको आयोजना र नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा सुरक्षित आप्रवासन सम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

दिनदिनै वैदेशिक पलायन हुनेको सङ्ख्या बढिरहेको अवस्थामा सुरक्षित भएर कसरी वैदेशिक रोजगारीमा जान सकिन्छ भन्ने जानकारी समाजमा प्रवाह गर्ने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

Seti Hospital

कार्यक्रममा श्रम स्वीकृतिको अवस्था, पुनः स्वीकृतिको अवस्था, श्रम स्वीकृतिको आधारमा सीप तथा दक्षताको वर्गीकरण, वैदेशिक रोजगारीमा पलायन हुने पुरुष र महिलाको सङ्ख्या, विप्रेषण प्रवाह वैदेशिक रोजगारीबाट उत्पन्न जटिलता र ती जटिलतालाई समाधान गर्ने सरोकारवाला निकायको बारेमा पत्रकारहरूलाई धनगढी उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख टङ्क विष्टले जानकारी दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार