एजेन्सी : भारतीय राज्य हरियाणामा २.५ फिट अग्ला जसमेर सिंह र ३.५ फिट अग्ली सुप्रीत कौरको विवाह चर्चाको विषय बनेको छ।
फेसबुकमार्फत भेटेका हरियाणाको कुरुक्षेत्र निवासी जसमेर सिंह उर्फ पोला मलिकले जालन्धर निवासी सुप्रीत कौरसँग गुरुद्वारा साहिबमा विवाह गरेका हुन्।
भारतीय पत्रिका आजतकका अनुसार विवाहपछि दुवै परिवारले कुरुक्षेत्रमा पार्टी आयोजना गरे। विवाहपछि पोला र सुप्रीतले नाचिरहेका भिडिओ पनि सार्वजनिक भएका छन्।
उनीहरूको भेट डेढ वर्षअघि फेसबुकमा भएको बताइएको छ। डेढ वर्षपछि दुवैले एकअर्कासँग विवाह गर्ने निर्णय गरे। विवाहअघि सुप्रीत धेरैपटक पोला मलिकलाई भेट्न उनको गाउँ आइन्।
उनीहरूले आआफ्ना आमाबाबुसँग प्रेमविवाह गर्ने कुरा सुनाए। त्यसपछि दुवैका परिवारले विवाहको लागि सहमति जनाए। पोला मलिक कुरुक्षेत्रको पेहोवा उपविभागको सारसा गाउँकी बासिन्दा हुन्।
प्रतिक्रिया दनुहोस्