धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभा वृद्धाश्रम भएको बताएका छन् । सोमबार फेसबुकमा लेख्दै सांसद शाहीले राष्ट्यि सभा वृद्धाश्रम भएको बताएका हुन् ।
उनले वृद्धाश्रम जानुपर्नेहरु राष्ट्रिय सभामा भत्ता खान गएकाले मिडिया काउन्सिल विधेयक नहेरी हुबहू पास गरेको बताएका छन् । उनले राष्ट्रिय सभा सदस्यहरुलाई धर्तीका लागि केही दिनका पाहूना भनेका छन् । यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिए ।, उनले लेखेका छन् ।
यस्तै सांसद शाहीले राष्ट्रिय सभामा रहेको वृद्ध सदस्यहरुलाई श्रीपेच फुकाले र सडकमा गएका राजा त्रिभुवन र राणा शासनका विरुद्धमा लडेका शहीदहरुको पाप लाग्ने बताएका छन् ।
जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वश्वर प्रसाद कोइरालाको समेत पाप लाग्ने भन्दै सांसद शाहीले जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशुलीमा हत्या गरिएका मदन भण्डारीको पाप लाग्ने पनि उल्लेख गरेका छन् । सँगै उनले राष्ट्यि सभाको औचित्य नभएको उल्लेख गरेका छन् ।
वृद्ध आश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बन्यो राष्ट्रिय सभा। त्यसैले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता हो ।, उनले लेखेका छन् ।
प्रतिक्रिया दनुहोस्