‘एसइई आइडल ४’ लाई वाइवाईको साथ 

कैलाली । सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता ‘एसइई आइडल ४’ मा वाइवाई चाउचाउले साथ दिने भएको छ । प्रतियोगितामा वाइवाई चाउचाउ ‘पावर्ड बाई’को रुपमा रहेको छ । 

प्रायोजनबारे सम्झौतामा एसइई आइडल ४ को आयोजक प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका तर्फबाट अध्यक्ष प्रकाश छेडाल र वाइवाई चाउचाउका तर्फबाट सुदूरपश्चिम प्रदेशका सिनियर म्यानेजर नेत्र अर्यालले हस्ताक्षर गरेका हुन् ।

khadya

विगत तीन संस्करणदेखि नै वाइवाईले एसइई आइडललाई निरन्तर साथ दिँदै आएको छ । यसवर्ष पनि एसइई आइडलमा जोडिएर सुदूरपश्चिम प्रदेशको कला क्षेत्रमा योगदान पुर्याउने अवसर पाएको भन्दै वाइवाईको सुदूरपश्चिम प्रदेशका सिनियर म्यानेजर अर्यालले खुसी व्यक्त गरेका छन् ।

एसइई आइडलको चौथो संस्करणमा सुदूरपश्चिमका ९ जिल्लाकै विद्यार्थीलाई सहभागी गराइनेछ भने अडिसन विभिन्न स्थानहरुमा हुनेछन् । 

यसवर्ष एसइई दिने विद्यार्थीहरु अडिसनमा सहभागी हुन पाउनेछन् । अडिसनमा नृत्य र गायन दुवै क्षेत्रका प्रतिभाहरु खोजिनेछन् । अडिसनको पहिलो चरण फागुनसम्म ९ जिल्लाका विभिन्न स्थानमा हुनेछ भने दोस्रो चरणका लागि ३० ३० जना प्रतिस्पर्धीहरू छनोट हुनेछन् । दोस्रो चरणमा प्रवेश गरेका प्रतिस्पर्धीबीच २०८२ बैशाखमा प्रतिष्पर्धा हुनेछ, जुन प्रतिष्पर्धाबाट नृत्य र गायन दुवै क्षेत्रमा १५ १५ जना फाइलनका लागि छनोट हुनेछन् । 

फाइनल २०८२ असार १ गते हुनेछ । फाइनलबाट दुवै विधामा १ १ जना विजेता र १ १ जना उपविजेता हुनेछन् । जसमध्ये विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ३ हजार नगद पुरस्कारसहित कक्षा ११ र १२ मा पूर्व छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधामा उत्कृष्ट ५ जनालाई कक्षा ११ र १२ मा आंशिक छात्रवृत्तिको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार