शिक्षा क्षेत्रमा योगदान पुयाउने पाँच जनालाई सम्मान

धनगढी : शिक्षा क्षेत्रमा योगदान पुयाउने पाँच जना व्यक्तित्वलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिले सम्मान गरेको छ।

धनगढीमा आज भएको आफ्नो चौथो अधिवेशनको अवसरमा प्याब्सनले उनीहरूलाई सम्मान गरेको हो। सम्मानित हुनेमा शिक्षाविद् एवम् सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, शिक्षासेवी कैलाशप्रसाद दाहाल रहनुभएको छ।

Seti Hospital

यसैगरी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी, शिक्षासेवी डिल्लीराज जोशी सम्मानित हुनु भएको छ। गृहमन्त्री रमेश लेखकले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार