बालेन शाहलाई तीव्र आलोचना गर्दै अमरेश : सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई तीव्र आलोचना गर्दै, उनको कवाडीमाथि डोजर चलाउने कार्यलाई ‘हिटलर शैली’को कदम भनेका छन्।

सांसद सिंहले सोमबारको प्रतिनिधिसभा बैठकमा बालेन शाहको उक्त कदमलाई अत्यधिक हिंसात्मक र असहिष्णु बताउँदै, यदि मेयरलाई साहस छ भने उनले प्रमुख सरकारी भवनहरू भत्काएर देखाउन चुनौती दिएका छन्।

Galaxy

सिंहले भने, “काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ २७ गते ११ बजे कवाडीमाथि डोजर चलाएर मजदुरहरूलाई घाइते बनाए। ती घाइते मजदुरमध्ये मुस्लिम, दलित र मधेसी समुदायका व्यक्ति पनि रहेका छन्। यो असहनीय र अमानवीय कार्य हो।”

सांसद सिंहले बालेन शाहलाई ‘गरिब जनतामाथि डोजर चलाउने’ भन्दै तीव्र विरोध जनाएका छन्। उनले बालेनलाई चुनौती दिँदै भने, “यदि तपाईंलाई साहस छ भने संसद भवन भत्काएर देखाउनुहोस्। हिम्मत छ भने सिंहदरबार, रामशाहपथको सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास पनि भत्काएर देखाउनुहोस्।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार