कञ्चनपुरका प्रमुख जिल्ला निर्वाचन अधिकारी जोशीको निधन

कञ्चनपुर : जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीको निधन भएको छ । शिक्षण पेशाबाट निजमातीमा आएका जोशीको हृदयघातका कारण निधन भएको बताइएको छ । 

भीमदत्त नगरपालिका १ बाराकुण्डामा जोशी जिल्ला प्रशासन कार्यालयबाट निर्वाचन कार्यालय आएपछि कार्यालय प्रमुख भएका थिए । जोशीले २०७९ को स्थानीय, प्रदेश र संघ तथा २०८१ को भीमदत्त ६ को उप निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

khadya

निजामती सेवामा हक्की, स्पष्ष्ट वक्ता र इमान्दार राष्ट्र सेवकको पहिचान जोशीले बनाएका थिए । जोशीको निधनमा विभिन्न क्षेत्रका व्यक्तिले शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले जोशीको निधनलाई अकल्पनीय भन्दै होनहार काबिल अफिसर गुमाउनु पुगेको भन्दै श्रद्धाञ्जली दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार