डडेल्धुरा : त्रिभुवन विश्वविद्यालयले डडेल्धुरा बहुमुखी क्याम्पसकाे रिक्त क्याम्पस प्रमुख पदमा उपप्राध्यापक लालबहादुर बुढालाइ नियुक्त गरेको छ । यस पदका लागि तीन जना प्राध्यापकहरूले प्रतिस्पर्धा गरेका थिए – लालबहादुर बुढा, प्रेम कार्की, र भक्त कडायत ।
यसअघि, क्याम्पसका प्रमुख गंगादत्त उप्रेती थिए । उनीहरूको चार वर्षे कार्यकाल सकिएपछि, त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुखको नयाँ नियुक्ति गर्नको लागि आवेदन आह्वान गरेको थियो । लालबहादुर बुढाको नियुक्तिको सन्देश क्याम्पसमा नयाँ समृद्धि र प्रगतिको शुभारम्भका रूपमा लिइएको छ ।
प्रतिक्रिया दनुहोस्