काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका छन् ।
जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । यसअघि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको उनले दाबी गरे । अध्यक्ष प्रचण्डले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि प्रधानमन्त्री ओली नै भएको बताए ।
उनले भने,‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त । मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो ।
प्रतिक्रिया दनुहोस्