धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुलाई नयाँ ल्यापटप दिईने भएको छ । प्रदेश सभा सचिवालयले सदस्यहरुलाई नयाँ ल्यापटप दिन लागेको हो । जसका लागि ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिव देवबहादुर बोगटीले आर्थिक मामिला मन्त्रालयले ल्यापटप खरिदका लागि बजेट विनियोजन गरेको बताए । उनले हाल ल्यापटप खरिदका लागि टेन्डर आह्वान समेत भैसकेको जानकारी दिए ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा २७ लाख खर्चेर ल्यापटपहरु खरिद गरिएका थिए । ति ल्यापटपहरु कामै नलाग्ने भएकाले नयाँ खरिद गर्न लागेको बोगटीले बताए । कार्यकाल सकेर सांसदले फिर्ता बुझाएका ती ल्यापटपलाई अहिले ‘कवाडी’ भन्दै थन्क्याएर नयाँ खरिद गर्न लागिएको हो ।
५३ जना प्रदेश सभा सदस्यमध्ये १० मन्त्री र पदाधिकारी भइसकेकाले बाँकी ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागेको सचिवालयले जनाएको छ । जसका लागि ४७ लाख रुपैयाँ लाग्ने बताइएको छ ।
प्रतिक्रिया दनुहोस्