बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु, पाँच जना घाइते

काठमाडौं : बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको छ । त्यस्तै पाँच जना घाइते भएका छन् । बाँकेको बैजनाथ गाउँपालिका-८ पुष्पनगर बीचलाइनका एक युवकको बिहे भोजमा माघ २५ गते मध्यराति मदिराले मातेका आफन्तबीच झगडा भएको थियो । झगडामा परी स्थानीय १८ वर्षीय दिनेश रोकायाको मृत्यु भएको हो ।

दिनेशमाथि बैजनाथ-२ का ३५ वर्षीय रामबहादुर रानामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका थिए । त्यसपछि दुई समूहबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका थिए । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् ।

Seti Hospital

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको थियो । आइतबार उपचारका क्रममा लखनउमै दिनेशको मृत्यु भएको प्रहरी निरीक्षक भट्टराईले बताए । उनीमाथि धारिलो हतियार प्रहार गरेको आरोपित रामबहादुर राना पक्राउ परिसकेका छन् । घटनाको अनुसन्धानका लागि अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार