काठमाडौं : नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दनुहोस्