दार्चुलाको कार्यालयमा कार्यरत कर्मचारी अवस्थीको मृत्यु, गाउँपालिकाले दियो शोक बिदा

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी जगदीश चन्द्र अवस्थीको आईतबार मृत्यु भएपछि गाउँपालिकाले आज (सोमबार) शोक बिदा दिएको हो ।

कार्यालयका कर्मचारीको मृत्यु भएको शोकमा गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिईएको गाउँपालिकाका सूचना अधिकारी सुरज प्रसाद जोशीले जानकारी दिए । उनले गाउँपालिकामा रहेका अत्यावश्यक बाहेकका सबै कार्यालयहरुमा बिदा दिईएको बताए ।

Seti Hospital

गाउँपालिकाकै वडा नं. ५ डाँडाकोट घर भई गाउँपालिका कार्यालयमा उद्यम विकास संयोजकको रुपमा कार्यरत अवस्थीको दुर्घटनामा परी आइतबार मृत्यु भएको थियो ।

भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी हुन जाँदै गरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको हो । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार