एजेन्सी : मेक्सिकोमा बस र ट्रक ठोक्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसमा रहेका ३८ जना यात्रु, दुई जना चालक र ट्रकका चालक गरी ४१ जनाको मृत्यु भएको समाचारसंस्था रोयटर्सले जनाएको छ ।
बिहान बस र ट्रक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । बस पूर्णरुपमा जलेको छ । बसमा ४८ जना रहेकामा अरूको अवस्थाबारे खोजी भइरहेको छ । बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ ।
प्रतिक्रिया दनुहोस्