पहिरोमा पुरिएर अछाममा एक जनाको मृत्यु

अछाम : अछाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । ढुङ्गाखानीमा पहिरो खस्दा मेल्लेख गाउँपालिका–५ कौलेनाका ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

उनको सोही वडामा ढुङ्गा निकाल्ने क्रममा खानीमाथि पहिरो खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । पहिरोमा परेर मृतकका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का गम्भीर घाइते भएका । उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार