राष्ट्रिय खेलकुद समितिद्वारा राखेपका नवनियुक्त सदस्यहरूलाई स्वागत तथा सम्मान

धनगढी : कैलाली जिल्ला खेलकुद समितिले राष्ट्रिय खेलकुद परिसदका नवनियुक्त सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ । कैलाली जिल्ला खेलकुद समितिले राष्ट्रिय खेलकुद परिसदका कार्यकारी बोर्ड सदस्य भान बहादुर चन्द र राष्ट्रिय खेलकुद परिसद बोर्ड सदस्य जगत सिंह धामी स्वागत तथा सम्मान गरेको छ ।

कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले आइतबार धनगढी रङ्गशालामा एक कार्यक्रमका बिच दुवै जनालाई दोसल्ला र माला लगाएर सम्मान गरेका हुन ।  नवनियुक्त कार्यकारी बोर्ड सदस्य भान बहादुर चन्द कञ्चनपुरका हुने भने परिसद बोर्ड सदस्य जगत सिंह धामी दार्चुलाका हुन । राष्ट्रिय खेलकुद परिसदमा सुदूरपश्चिमबाट २ जना सदस्य नियुक्त भएको यो पहिलो पटक हो । 

khadya

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै बोर्ड सदस्य जगत सिंह धामी सुदूरपश्चिमका खेलाडी र खेलकुदको विकासका लागि पर्ने बताए । सुदूरको खेलकुदमा समस्या धेरै छन् तिनको निवारण लागि पर्ने बताउँदै उनले सुदूरपश्चिमको खेलकुद विकासको लागि महत्त्वपूर्ण भूमिका रहने प्रतिबद्ध रहेको बताए ।  

राष्ट्रिय खेलकुद परिसद कार्यकारी बोर्ड सदस्य भान बहादुर चन्दले खेलकुदको विकासका लागि तिनै तहका सरकार मिलेर काम गर्नु पर्ने बताए । उनले सुदूरपश्चिमका खेलकुदका भौतिक संरचना निर्माणका लागि पहल गर्ने गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले राखेपको बोडमा पहिलो पटक २ जना सदस्य नियुक्त भएको भन्दै खुसी व्यक्त गरे । कैलाली लगायत सुदूरपश्चिमका खेलकुद क्षेत्रमा धेरै समस्या रहेको बताउँदै उनले यसको समाधान गर्न तर्फ लाग्न अनुरोध गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार