धनगढी : सिबाईसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डिसिए धनगढीलाई ६ विकेटले पराजित गर्दै अत्तरिया फाइनमा प्रवेश गरेको हो । अत्तरियाले धनगढीले दिएको १०९ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाउँदै पुरा परेको थियो ।
अत्तरियाको जितका लागि शंकर रानाले नकआउट रहँदै अर्धसतकिय पारी खेलेका थिए । उनले ५५ बलमा ५६ रन प्रहार गरे । यस्तै दिनेश कँडेलले २४, भीम सार्कीले १६ रनको पारी खेले । विवेक यादवले १२ रन बनाए ।
धनगढीका लागि हिम्मत महराले २, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको धनगढीले २० ओभरको खेलमा १० विकेटको क्षतिमा १०८ रन बनाएको थियो । धनगढीका लागि मिलन बोहराले सर्वाधिक २८ रन, अभिसेक पालले २७ रन, दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए ।
अत्तरियाका कमल गुप्ता र विवेक यादवले समान २–२ र रसिद खान, दिनेश कँडेल, साहब आलमले समान १–१ विकेट लिएका थिए । धनगढीका ३ खेलाडी रन आउट हुन पुगेका थिए । अब भोलि हुने फाइनलमा खेलमा अत्तरियाले डडेल्धुराको सामना गर्ने छ ।
अर्जुन ट्रफीमा झन्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दनुहोस्