मोटरसाइकल र ट्रक आपसमा ठोक्किदा एक जना घाइते

डोटी : डोटीमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किदा एक जना घाइते भएका छन्। जिल्लाको जोरायल गाउँपालिका–२ थामीडाडा स्थित भीमदत्त राजमार्गमा धनगढी बाट डोटी तर्फ जाँदै गरेको चालक जोरायल गाउँपालिका–६ दोथलाका नरेश विसिले चलाएको सुदरपश्चिम प्रदेश ०१००८ प ८९५७ नम्बरको मोटरसाइकल र डडेलधुराको अमरगढी नगरपालिका–६ का विक्रम बोहराले चलाएको सुदरपश्चिम प्रदेश ०१००१ ख ३३६० नम्बरको ट्रक एकआपसमा ठोक्किदा मोटरसाइकल चालक नरेश बिसि घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए।

घाइते बिसिलाइ उपचारको लागी छतिवन स्वास्थ्य चौकी बुडर डोटी पठाइएको जनाइएको छ। मोटरसाइकल ट्रक र ट्रक चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार