पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान श्रीमती घाइते

धनगढी : धनगढीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान श्रीमती घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुरका उत्तम विष्टले चलाएको बा १८ च २८१७ नम्बरको टाटा पिकअप गाडीको ठक्करबाट सुदूरपश्चिम प्रदेश ०१०१२ प १५०८ नम्बरको मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–६ लालपुरका आशिष सिजापती र पछाडि सवार उनकी श्रीमती सानु सिजापती घाइते भएकी प्रहरीले बताएको छ।

SHIKHAR COOL TECH

शनिवार अचानक टायर पड्किएपछि अनियन्त्रित भइ पिकअप गाडी मोटरसाइकलमा ठोक्किएको जनाइएको छ। घाइते दुबै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार