कञ्चनपुरमा ९ हजार ९६९ बाख्रालाई लगाइयो पीपीआर खोप

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पीपीआर रोगविरुद्धको खोप लगाइएको छ । नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको अभियानमार्फत ९,९६९ बाख्रालाई खोप लगाइएको हो ।

नगरपालिकाका आठ वडामा पशु प्राविधिकको सहायताले निःशुल्क खोप अभियान सञ्चालन गरिएको थियो । पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार व्यावसायिक बाख्रापालन हुने क्षेत्रमा माघ २० देखि २६ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

Seti Hospital

पीपीआर रोग एक घातक संक्रामक रोग हो, जसका कारण बाख्रामा उच्च ज्वरो, सिँगान बग्ने, आँखाबाट -याल झर्ने, मुख र गिजामा घाउ आउनेजस्ता लक्षण देखिन्छन्। समयमै उपचार नहुँदा बाख्राको मृत्यु समेत हुनसक्छ । पशु प्राविधिक लक्ष्मीदत्त जोशीका अनुसार एकपटक खोप लगाएपछि तीन वर्षसम्म पुनः खोप दिन आवश्यक पर्दैन ।

नेपाल सरकारले सन् २०३० सम्ममा पीपीआर रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्ने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्राप्त १०,००० डोजमध्ये ९,९६९ डोज खोप सफलतापूर्वक प्रयोग गरिएको छ ।
सरकार र स्थानीय निकायको संयुक्त प्रयासले किसानहरूलाई राहत मिल्ने विश्वास गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार