बैतडीको झुलाघाट सडक २५० मिटर फराकिलो बनाईदै !

बैतडी : बैतडीको झुलाघाट सडक फराकिलो बनाउन थालिएको छ । मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडकलाई २५० मिटर फराकिलो पार्ने कार्य भैरहेको हो ।

पटक पटक दुर्घटना हुन थालेपछि सडकखण्ड चौडा पार्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी लिलाधर भट्टले जानकारी दिए । झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २५० मिटर सडकलाई ७ मिटर चौडा पार्ने काम भइरहेको उनले बताए ।

khadya

एक ठाउँमा घरधनीले मुआब्जा मागेका कारण ७ मिटर चौडा हुन सकेको छैन् । बाँकी सबै ठाउँमा चौडा पारी यो वर्ष ५० मिटर जति ढलान गर्ने योजना समेत रहेको भट्टले बताए । यस्तै ५० मिटर खण्डमा नाली समेत निर्माण गरिनेछ भने बजार नजिकै प्याराफिट निर्माण गर्ने योजना रहेको छ । सडकको ठेक्का प्रकृयामार्फत जय माँ भगवती निर्माण सेवाले ६५ लाखको लागतमा निर्माण कार्य गरिरहेको छ ।

झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारण नेपाल–भारत आवतजावत गर्ने गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार