नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो । नगरपालिकाको पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टले व्यावसायिक बाख्रापालन गरिएका वडामा यही माघ २० देखि २६ गते सम्म खोप अभियान सञ्चालन गरिएको जानकारी दिए ।

Seti Hospital

उनका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट दश हजार डोज खोप प्राप्त भएकामा नौ हजार नौ सय ६९ डोज खोप बाख्रालाई लगाइएको छ । ‘घातक संक्रामक रोग पिपिआरका कारण नगरपालिका क्षेत्रमा व्यावसायिक बाख्रापालन गरेका किसानले क्षति व्यहोर्दै आएका थिए,’ पशु शाखा प्रमुख भट्टले भने,’त्यसलाई न्यूनिकरण गर्न खोप अभियान सञ्चालन गरेका हौँ ।’

यस रोगका कारण बाख्रामा कडा ज्वरो आउने, सिँगान बग्ने, आँखामा र्‍याल काढ्ने, चिप्रा (कचेरा) देखिने, छेर्ने, मुख तथा गिजामा पानीफोका जस्ता घाउ आउने र घाँस खान नसकेर बाख्राको मृत्यु हुने गर्छ ।

एक पटक खोप लगाइ सकेपछि तीन वर्ष सम्म खोप दिनु नपर्ने पशु प्राविधिक लक्ष्मीदत्त जोशीले बताए । सरकारले खोप अभियान सञ्चालन गरी सन् २०३० सम्ममा पिपिआर खोप नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार