भारतको आर्थिक सहयोगमा दार्चुलास्थित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन

दार्चुला : भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको शनिबार उद्घाटन गरिएको छ ।‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत रु दुई करोड ५३ लाख लागतमा निर्माण भएको उक्त भवनको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीतसिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

भवन उद्दघाटन कार्यक्रममा नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरिएको थियो । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको उपस्थिति थियो । भारत सरकारको अनुदानमा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रदानमा सहजता हुने अध्यक्ष धामीले बताए । 

Seti Hospital

उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा गाउँपालिकामार्फत स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवन निर्माणपछि दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवासुविधा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।यसअघि शुक्रबार शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ मावि झरकाँडाको भवन उद्दघाटन गरिएको थियो ।

४ करोडको लागतमा निर्माण भएको उक्त भवनमा ८० प्रतिशत लगानी भारत सरकारले दूतावासमार्फत गरेको थियो भने २० प्रतिशत लगानी शैल्यशिखर नगरपालिकाले गरेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार