नियन्त्रणमा लिइयो खानेपानी मन्त्रालयमा लागेको आगो

काठमाडौं : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ। सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले जानकारी दिए।

खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी भएको र केही कागजात जलेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन। आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन।

मन्त्रालयका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पनि प्रहरीले बताएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा रहेका तीनवटा कोठामा शनिबार बिहान पौने ९ बजेतिर आगो लागेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार