सुदूरपश्चिमका मन्त्री लक्ष्मणकिशोर चौधरी अचानक बिरामी, नवजीवन अस्पतालमा भर्ना

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी अचानक बिरामी परेका छन्। मृगौला पीडित चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि उनी राति पौने २ बजे धनगढीको नवजीवन अस्पतालमा भर्ना भएका हुन्।

चौधरीलाई पछिल्लो समय मृगौलाको समस्याले सताएको थियो, र नियमित उपचार गराइरहे पनि स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाह अनुसार अस्पतालमा भर्ना गरिएको बताइएको छ।

अस्पतालमा भर्ना गरिएको समयमा उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ, तर थप उपचारका लागि चिकित्सकहरूको निगरानीमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार