श्रीमानको साथले खोखोबाट उदाएकी धनगढीकी खुश्बु 

सावित्री जोशी

कैलाली । धनगढी उपमहानगरपालिका १३ स्थायी घर भएकी खुश्बु राना २५ वर्षकी भइन् । करिब १० वर्षअघिदेखि खोखो खेल खेल्न सुरु गरेकी रानाले खोखोलाई नै जीवन बनाएकी छिन् । 

रानाको पाँच वर्षीय छोरा पनि छ । विवाहपछि एक सन्तानकी आमा बनेकी रानामा अझै पनि जाँगर र उर्जा प्रशस्तै देखिन्छ । 

khadya

रानासँग अहिले पनि गज्जबको फूर्ति छ । त्यही फूर्तिकै कारण उनी नेपाली राष्ट्रिय खोखो टिमकी सशक्त खेलाडीका रुपमा स्थापित बनेकी छिन् । भर्खरै सम्पन्न खोखो विश्वकपमा उनी सम्मिलित नेपाली राष्ट्रिय टोली विश्वकपमै उपविजेता बनेको छ । यो जितलाई रानाले जित मात्रै नभएर आफ्नो जीवनकालको अभूतपूर्व उपलब्धिका रुपमा लिएकी छिन् । 

‘मलाई विश्वकप खेल्छु भन्ने लागेकै थिएन । समयले यो अवसर पनि दियो निकै खुसी छु’, उनले भनिन्, ‘उपविजेता भए पनि यो उपलब्धि मेरो लागि धेरै ठूलो उपलब्धि बनेको छ ।’

खेलप्रति निकै चासो रहेकी रानाले विवाहपछि खोखो खेल्न पाउँछु भन्ने सोचेकी थिइनन् । तर परिवारको जिम्मेवारीसँगै खेलमा आफ्नो करियर देखेकी रानालाई श्रीमान् र परिवारको पनि राम्रो सहयोग मिल्यो । उनी भन्छिन्, ‘मैले मेरो खेल जीवनमा श्रीमान राम्रो साथ पाएँ । मैले खेल्छु मात्रै भन्दा उहाँ आफैले खेल खेल्ने ठाउँसम्म पुर्याइदिनुहुन्थ्यो ।’ रानाले विवाहपछि पनि परिवारको साथ यसरी पाइन्, उनले खेल जीवनलाई भुल्ने मौका नै पाइनन् । 

सन्तान प्राप्तिपछि पनि छोरालाई दिदी र बहिनीको जिम्मा लगाएर खेल्न जाने गरेको राना बताउँछिन् । ‘म छोरालाई कहिले दिदी, कहिले बहिनीको जिम्मा लगाएर खेल्न जान्थेँ’, उनले भनिन्, ‘त्यति हुँदा पनि श्रीमानले सँधै साथ दिनुभयो । परिवारलाई पनि उहाँले नै सम्झाउनुहुन्थ्यो । त्यसैले आज यो ठाउँसम्म पुगेको छु । मेरो सफलताको पछि श्रीमानको हात छ ।’

तर राज्यबाट सोचेजस्तो साथ नपाएको रानाले गुनासो गरेकी छिन् । उनी भन्छिन्, ‘हामी खेलाडीका लागि परिवारले जस्तै राज्यले पनि सहयोग गर्नुपर्छ ।’

रानाले आफूहरुले राज्यबाट जुन सेवा सुविधा पाउनुपर्ने हो, उक्त सुविधाबाट वञ्चित भएको बताएकी छिन् । अझ स्थानीय तहमा खोखोका विषयमा धेरैलाई थाहा नै नभएको उनको भनाई छ । हाल सम्पन्न विश्वकपछि मात्रै खोखो खेलका विषयमा चासो बढेको भन्दै उनले राष्ट्रपति रनिङसिलमा पनि खोखोलाई समावेश गर्दै खोखो खेलाडीको मनोबल बढाउन आवश्यक भएको बताएकी छिन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार