नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस भयो : र्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताएकी छन् ।

शुक्रवार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताएकी हुन् ।

khadya

माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रश्तुत गर्ने ? भन्नेमा सोच्न जरुरी रहेको बताइन् । देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताइन् ।

देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको बताइन् । राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपर्ने बताइन् । उनले शिक्षा प्रणालीमा अमुल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको बताइन् ।

रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको बताइन् । शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने बताइन् । देशको अर्थतन्त्र कमजोर भए सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि कमजोर हुने बताइन् ।

उनले देश विकास गर्ने अनुकुल समय अहिले रहेको बताइन् । विगतमा तीन/तीन महिनामा सरकार परिवर्तन हुने समस्या रहेकोमा अहिले सरकार स्थायी रहेको बताइन् । उनले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको बताइन् । उनले जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार