फ्यानहरुलाई दुखी बनाउँदै प्रदीप ?

काठमाडौं : प्रदीप खड्का अहिलेका अति नै व्यस्त अभिनेता हुन् । प्रदीपको व्यस्तता यति बढेको छ कुनै दिन उनले पनि आफूसँग नयाँ फिल्मको लागि समय नभएको घोषणा नगर्लान् भन्न सकिन्न ।

प्रदीप अहिले प्रदर्शनमा रहेको फिल्म ‘एक्टरः टेक वन’ को प्रमोशनका लागि जापान पुगेका छन् । एक्टरपछि उनको नयाँ फिल्म ‘पिताम्बर’ चैत २९ गतेदेखि प्रदर्शनमा आउने छ । यो फिल्मको प्रदर्शनको क्रममा पनि उनी व्यस्त नै हुनेछन् । उनले अभिनय गरेको फिल्म ‘एक्लो’ को प्रमोशनमा पनि उनी व्यस्त हुनु नै पर्नेछ । त्यसअघि उनी अन्य फिल्मका छायांकन तथा पोस्ट प्रोडक्सनमा व्यस्त हुनु त छँदैछ ।

khadya

प्रदीपको एकपछि अर्को फिल्म प्रदर्शनका कारण चर्चा चुलिरहँदा उनको नीति जीवनलाई लिएर एउटा अर्को विषय चर्चामा आएको छ । त्यो हो प्रदीपले अस्ट्रेलियामा रहेकी आफ्नी प्रेमिकासँग गरेको भनिएको ‘कोट म्यारिज ।’ यो खबरलाई हामीले स्वतन्त्र पुष्टि गर्न सकेका छैनौं, त्यसैले यसलाई हामीले
‘गसिप’ मा सिमित राखेका छौं ।

हुन त यो खबरको बारेमा प्रदीपले अहिलेसम्म केहि पनि बोलेका छैनन् । उनले आफ्नो प्रेमकै बारेमा नै अहिलेसम्म कहाँ खुलेर केहि भनेका छन् र ? त्यो त हाँसो–ठट्टाको क्रममा उनले आफ्नी प्रेमिका अस्ट्रेलियामा रहेको बताइरहेका हुन्छन् ।

त्यसो त हालैमात्र ‘एक्टरः टेक वन’ को प्रमोशनको समयमा फिल्मकी अभिनेत्री दिव्या रायमाझीले एउटा अन्तर्वार्ताको क्रममा प्रदीप शूटिङकै बीचमा हराउने गरेको र उनी हराउनुको कारण आफ्नी प्रेमिकासँग भिडियो कल गर्नका लागि रहेछ भन्ने कुरा खुलाएकी थिइन् ।

फिल्मको शूटिङको क्रममा प्रदीप बेला–बेलामा हराउन थालेपछि फिल्मका निर्माता–निर्देशक उनलाई खोज्दै हैरान बनेको कुरा पनि चर्चामा आएको थियो । उनी छायांकन भैरहेको समयमा आफ्नी प्रेमिकासँग भिडियो कल गर्न व्यस्त हुन थालेपछि उनी प्रेम सम्बन्धमा रहेको कुरा बाहिरिएको थियो ।

प्रदीपले आफ्नो व्यस्तताबीचमा पनि आफ्नी प्रेमिकालाई समय मिलाएर भिडियो कल गर्दा उता निर्माता–निर्देशक भने प्रदीप शूटिङ बीचमा कता हराउँछन् ? भन्ने चासो बढ्न थालेको थियो ।

त्यसो त प्रदीपका पुरुषभन्दा महिला फ्यान धेरै छन् । उनलाई धेरैले आफ्नो सपनाको राजकुमार पनि भन्ने गर्छन् । प्रदीपले आफ्नो एकाउन्टबाट शेयर गरेका भिडियो र पोस्टहरुमा प्रायः महिला फ्यानहरुले उनलाई पठाएका सन्देशहरु देख्न सकिन्छ । त्यस्तै धेरै महिला फ्यानहरु प्रदीपलाई आफ्नो प्रेमी अथवा भावि श्रीमानको रुपमा हेर्न चाहन्छन् ।

यद्यपि, अहिले गाईँगुईँ चलिरहेको प्रदीपको ‘कोर्ट म्यारिज’ को खबर यदि सत्य भयो भने प्रदीपलाई आफ्नो बनाउने महिला फ्यानहरुको सपना केवल सपनामा मात्र सिमित हुनेछ । यदि यो खबर सत्य भयो भने अनि प्रदीप अर्कैको भएको खबर पुष्टि भयो भने धेरै महिला फ्यानहरुको मन भने टुक्रने पक्का छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार