बैतडीको पाटन स्थित बनारसी धाम मन्दिरमा आज जात्रा मनाइँदै !

बैतडी : बैतडीको पाटन नगरपालिका–३ स्थित बनारसी धाम मन्दिरमा आज (शुक्रबार) जात्रा मनाइँदै छ। दलित समुदायका पुजारीले पूजा गर्ने यो मन्दिरमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने परम्परा छ। माघ शुक्ल प्रतिपदाबाट पूजा शुरू भई आज दशमीका दिन मुख्य जात्रा मनाइन्छ।

यो मन्दिरमा पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्ने चलन रहेको छ। बनारसी धाममा जात्रा परापूर्वकालदेखि मनाइँदै आएको हो, जसमा हजारौं भक्तजनको सहभागिता हुने गरेको छ। बैतडीलगायत टाढाबाट आएका भक्तजन पनि यस जात्रामा सहभागी हुने गर्छन्।

१२औं शताब्दीदेखि मन्दिरमा जात्रा लाग्दै आएको मान्यता छ, जहाँ सबै समुदायले एकै ठाउँमा पूजा गर्ने गरेको किम्वदन्ती रहेको छ। जात्राको अवसरमा पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार