अछाम : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एमालले बहुमत ल्याएमात्रै नेपाली सुखी बन्ने बताएका छन । पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले मिसन ०८४ मा एमालले बहुमत ल्याए मात्रै सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा हुने बताएका हुन ।
‘मिसन ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउनुपर्छ । एमालेले बहुमत ल्याएपछि मात्रै सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा हुन्छ ’, उनले भने , ‘निर्णायक राष्टिय शक्ति बनाएर सरकार चलाउने लक्ष्य छ । त्यो पूरा हुन्छ । त्यसका लागि जनताको मन जित्नेगरि काम गर्न सबै नेता कार्यकर्ताहरूलाई भनेका छौँ ।’
उनले अछामको विकास र समृद्धिको लागि सबैभन्दा पहिलो यहि ठाउँमा जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताए । एमालेले केन्द्रमा त्यसको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दनुहोस्