कैलालीको गोदावरीमा एक वृद्धाको शव फेला

कैलाली : कैलालीको गोदावरीमा एक वृद्धाको शव फेला परेको छ । बुधबार साँझ गोदावरी नगरपालिका–८ श्रीपुरमा परालको कुनिउमुनी परिचय नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको शव फेला परेको हो ।

उनको शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले ती पुरुष यसअघि पनि गाउँमा घुमिरहेको देखिने गरेको स्थानीयले बताएपनि परिचय नखुलेको बताए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार