धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। बुधवार राती बर्दगोरिया गाउँपालिका – २ सम्झना चोकको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९०७६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री लम्की चुहा नगरपालिका– १० चुहाका १६ वर्षीय दिनेश तिमिल्सेनाको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलमा पछाडि सवार तिमिल्सेनालाई नर्सिङ होम नेपालगन्ज लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका– ९ का ३५ वर्षीय नवीन चौधरी, पछाडि सवार बर्दियाको आसापुर नगरपालिका– ८ का २२ वर्षीय मंगल राजपूत र साइकल चालक लम्की चुहा नगरपालिका– १० चुहाका १५ वर्षीय लोकेश भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्