धनगढीमा युवा एकता परिषद् नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने !

धनगढी : युवा एकता परिषद् नेपाल धनगढीको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुन लागेको छ। यही माघ २५ गते शुक्रबारका दिन युवा एकता परिषद् नेपालको आयोजना र नेपाल रेड क्रस सोसाइटी रक्तसञ्चार केन्द्रको सहकार्यमा कैलाली बहुमुखी क्याम्पसमा उक्त रक्तदान कार्यक्रम हुन लागेको युवा एकता परिषद् नेपालका सचिव धुर्वराज न्यौपानेले जानकारी दिए।

पछिल्लो समयमा धनगढीमा रक्त अभावका कारण बिरामीले दुःख झेल्नु परिरहेको अवस्थालाई मध्यनजर गर्दै , रक्त अभावलाई केही हद सम्म समाधान गर्नको लागि रक्तदान कार्यक्रम गरिन लागेको आयोजकले जानकारी दिए। रक्तदान जीवनदान भएकाले कैलाली बहुमुखी क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई रक्तदान गरिदिनको लागि समेत आयोजक संस्था युवा एकता परिषद् नेपालले अनुरोध गरेको छ।

SHIKHAR COOL TECH

युवाहरूको नेतृत्व विकास क्षमता अभिवृद्धि र युवा सशक्तिकरणका माध्यमबाट समाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको युवा एकता परिषद् नेपालले विगत देखिनै आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। आगामी दिनहरूमा यस्तै सामाजिक कार्य गर्नको लागि सबैको साथ सहयोगको अपेक्षा राखेको युवा एकता परिषद् नेपालका सचिव न्यौपानेले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार