धनगढी : मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणार्थ धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गरेका हुन् ।
त्यसक्रममा उहाँले सत्कर्ममा लागेका व्यक्ति, संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने बताए । वृद्धवृद्धा र सहाराविहीनलाई सहारा दिनका लागि भवन निर्माणार्थ आयोजित महायज्ञको पूर्ण सफलताको कामना गर्दै उनले भने, “सबै काम सरकारले नगर्न सक्छ । गर्न नसकिएको काममा सत्कर्ममा लागेका तपाईंहरूजस्ता निःस्वार्थ भावना भएका सङ्घ संस्थाहरू जोडिनु पर्दछ भन्ने प्रदेश सरकारको मान्यता छ ।”
उहाँले मानवसेवा आश्रमले नेपालमा पूर्वदेखि पश्चिमसम्म असहाय र वृद्धवृृद्धालाई गरिरहेको निःस्वार्थ सहयोग सराहनीय रहेको बताए । हप्ता दिनसम्म आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत कथा वाचन गर्ने जनाइएको छ ।
महायज्ञ उदघाटनसत्रमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, प्रदेशसभा सदस्य धर्मराज पाठक, धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मानवसेवा आश्रम धनगढी शाखा २०७५ मङ्सिर १ बाट सञ्चालनमा छ । आश्रमले हालसम्म ३८८ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरेर सहारा दिएको छ ।
‘हामीले बामपन्थी मिल्नुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्ष करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ,’ पुुनले भने, ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । बामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुईपटक धोका दिइसक्नुभएको छ । उहाँबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ ।’
प्रतिक्रिया दनुहोस्