मानव बेचबिखन र ठगीमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ

काठमाडौं : मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) निर्वाचन क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार