गौरीगंगामा रहेको एक कुखुरा फर्ममा आगलागी, १ लाख बढीको क्षति

कैलाली : कैलालीको गौरीगंगामा रहेको एक कुखुरा फर्ममा आगलागी भएको छ । मंगलबार साँझ गौरीगंगा नगरपालिका – १० उदासीपुरका धन सिंह भण्डारीको काठले बनेको खरले छाएको कुखुरा फर्ममा आगलागी भएको हो ।

आगलागीबाट फर्म भित्र रहेका बोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामानहरू गरी १ लाख ५७ हजार ३ सय बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार