धनगढीबाट २ थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ

धनगढी : कैलालीको धनगढीबाट २ थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित २ जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय, कैलालीले मङ्गलवार धनगढी उपमहानगरपालिका–१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र धनगढी–१९ को ३९ वर्षीय गुरुप्रसाद चौधरी दुई थान भरुवा बन्दुक र चाकुसहित पक्राउ परेका बताएको छ। उनीहरूलाई भारतबाट नेपाल आउदै गर्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरी, कैलालीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार