धनगढीः मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली शाखाको आफ्नै भवन निर्माण गर्न धनगढीमा आजदेखि महायज्ञ गर्न लागिएको छ।
धनगढी–१ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुँदै गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को उद्घाटन मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने भएका छन्। माघ २३ गते बिहान १०ः३० बजे मानवता प्रेमी मनहरूका साथमा बाजागाजा, सांस्कृतिक झाँकी र कलशयात्राः पहिलो लेयरमा सडकआश्रित मानवहरूको परिदृश्य झल्काउने कलाकारहरूको टोली रहने छ।
विज्ञापन
विभिन्न सांस्कृतिक बाजागाजासहित भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखेनाचसहित सांस्कृतिक झाँकीसहित शंखनाद, भजन कीर्तनसहित विशाल शोभा कलश यात्रा हुनेछ । कलश यात्रापश्चात औपचारिक रूपमा समुद्घाटन हुने समारोहमा मुख्यमन्त्रीको विशेष सम्बोधनसहितको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए।
प्रतिक्रिया दनुहोस्