नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार ८ अर्ब बढी

काठमाडौँ : साताको पहिलो २ दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्सेमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से १४.८ अंकले घटेको हो । 

मंगलबारको शेयर कारोबारमा १६२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आजको कारोबारमा जलविद्युत क्षेत्र र अन्य सूचक बाहेक सबै सूचकहरू नकारात्मक रहेसँगै नेप्से २७१५.९१ बिन्दुमा आइपुगेको छ ।

Seti Hospital

आज नेप्से परिसूचक घटेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्टका शेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।  तर, आजको कारोबारमा कर्पोरेट डेभलपमेन्टका शेयर कारोबारीले भने सबैभन्दा धेरै गुमाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार