कैलालीका २ नदीबाट नियन्त्रणमा लिएका २९ सवारीलाई झन्डै सात लाख जरिबाना

धनगढी : कैलालीको गोदावरी नगरपालिका क्षेत्रका नदीबाट नियन्त्रणमा लिएका २९ वटा सवारीलाई झन्डै सात लाख जरिबाना गरिएको छ। कैलालीका गोदावरी र खुटिया खोलाबाट नियन्त्रणमा लिएका २९ सवारीलाई ६ लाख ९५ हजार जरिबाना गरिएको हो।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति, कैलालीको आइतवारको बैठकले नियन्त्रणमा लिएका २९ सवारीलाई जरिबाना गर्ने निर्णय गरेको छ। समितिले गोदावरी नगरपालिकालाई जरिबाना गर्न पत्राचार गरेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक ऐनको अनुसूची ६ बमोजिम कारबाही गर्न भनिएको हो।

SHIKHAR COOL TECH

गोदावरी नगरपालिकाबाट नदीजन्य पदार्थको ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई समेत कारबाही गर्न भनिएको छ। गोदावरी नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएका स्काभेटहरुलाई ५०/५० हजारका दरले जरिबाना गर्न भनिएको हो। टिप्परहरूलाई ३०/३० हजार र ट्याक्टरहरूलाई १५/१५ हजारका दरले कारबाही गर्न भनेको हो।

तर, निर्माण कम्पनीलाई जरिबाना रकमको विषय उल्लेख गरिएको छैन। वातावरणीय प्रभाव मूल्याङ्कन नगरको खुटिया खोलामा अवैध दोहन गर्ने निर्माण कम्पनीलाई नगर कार्यपालिकाको बैठकले निर्णय गरेर कारबाही गर्न समितले भनेको हो। नगरपालिकालाई जरिबाना गरिएको भौचर तथा रसिदसहितको प्रमाणित प्रतिलिपिको विषयमा जानकारी गराउन भनिएको छ।

गिट्टी, ढुङ्गा, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ को दफा ९ अनुसारको गठन गरिएको जिल्ला अनुगमन समितिको बैठकले कारबाहीका लागि पत्राचार गरेको हो। समितले गोदावरी नगरपालिका–९ सेहरीस्थित खुटिया खोलाबाट २ स्काभेटर, सात ट्याक्टर र १७ ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो। समितिले गोदावरी नगरबाट २ स्काभेटर र एक टिप्परलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार