धनगढी : कैलालीको धनगढीबाट प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिए फरार रहेका धनगढी उपमहानगरपालिका – ५ तारानगरका ३१ वर्षीय नरेश खड्का पक्राउ परेका हुन ।
उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्