धनगढी : कैलाली उद्योग वाणिज्य संघले खो-खो खेलका विश्व उपविजेता नेपाली खेलाडीहरूलाई सम्मान गरेको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सोमबार एक कार्यक्रमका बीच धनगढीमा खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
प्रतियोगिताका खेलाडीहरूलाई प्रमाणपत्र र नगद २५ हजारसहित सम्मान गरेको संघका सचिव सुरेशराज पाण्डेले जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीमा जनवरी १३ देखी १९ तारिकसम्म भएको खो खो खेलमा नेपाली टिमका महिला तथा पुरुष खेलाडीहरू उपविजेता भएका थिए ।
प्रतियोगितामा भारत महिला तथा पुरुषतर्फ विजेता बनेको थियो भने पुरुषतर्फ इरान, महिलातर्फ युगान्डा र साउथ अफ्रिका तेस्रो भएका थिए ।
प्रतिक्रिया दनुहोस्