आई फोन सहित कैलालीबाट साढे ६ लाखका अवैध सामान बरामद

धनगढी : कैलालीबाट प्रहरीले आई फोन सहित साढे ६ लाखका अवैध सामान बरामद गरेको छ । सोमबार जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ६ लाख ६६ हजार ७३० रुपैयाँको सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – २ आदर्श चोक, गोदावरी नगरपालिका – ४ गोदावरी नजिक र टीकापुर नगरपालिका ९ बालुवाटार स्थित टिकापुर –खक्रौला सडक खण्डबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका आई फोन, आई फोन कबर, आई फोन डाटा केबल,  फलामे कुटो, सुर्ती,  ग्यास चुलोका विभिन्न पाट पुर्जा, प्रेसर कुकरका विभिन्न सामाग्री लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार