भारतबाट अवैध ल्याइरहेका डल्लबसहित २ राँगा र ४ गोरु नियन्त्रणमा

धनगढी : कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको छ। गएराति साढे ९ बजेतिर भजनी नगरपालिका–५ नजिकै पर्ने डाक्टर घाटबाट नेपालतर्फ ल्याइरहेका दुई राँगा र चार गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले राति कालिका सामुुदायिक वन नजिक पर्ने अवैध बाटो प्रयोग गरेर डाक्टर घाटबाट डल्लबसहित ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको बताए, तर मानिसहरु भने भागेका छन।

Seti Hospital

दुुई राँगाको अन्दाजी एक लाख, चार गोरुको २० हजार र तीन वटा डल्लबको ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ। बरामद गरिएको डल्लबसहित राँगा र गोरु कानुनबमोजिम सम्बन्धीत निकायमा बुझाइने प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार