दार्चुला : दार्चुलाको एक पक्की घरमा आगलागी हुँदा ३ लाखको क्षति भएको छ । सोमबार राती मालिकार्जुन गाउँपालिका – ७ चौकीका भूपेन्द्र चन्दको २ तले ७ कोठे पक्की घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा ३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामानहरू जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दनुहोस्