आजको मौसम : तराईमा हुस्सु र कुहिरो

काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।मंगलबार दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको तथा गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार