धनगढी : कैलालीको धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट र कैलारी गाउँपालिका–५ पवेराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४६ हजार ३४० मूल्य बराबरको सामान बरामद गरिएको छ।
उक्त स्थानबाट प्याज, चिनी, हरियो मटर, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दनुहोस्