धनगढी : अछामको ढकारी गाउँपालिका–८ पल्साताकी मृतक १४ वर्षीया इशरा खड्का र पक्राउ परेका एक किशोरबिच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो।
उनीहरू दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुुगाइसकेको थियो। तर, उनीहरूले भेट्ने मौका पाइएको थिएन। ढकारी गाउँपालिका–३ ताली र किशोरीहरूको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रूपमा टाढा छ।
अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ। तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर माघ ९ गते फुपुको घरमा पुगेका थिए। फुपूको घर आएको मौकामा किशोरीसँग भेट गर्ने योजनामा उनीहरू थिए। उनीहरूबिच टेलिफोन संवाद हुन्छ।
गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने योजना तय हुन्छ। दुवै किशोर घुमफिर गरेर आउने भन्दै शुक्रवार बिहानै फुपूको घरबाट निस्किन्छन्। फुपूको छोरा अन्दाजी १० वर्षीय किशोरलाई पनि सँगै लिएर उनीहरू किशोरीलाई भेट्ने योजनासहित छिन्ने जङ्गलतर्फ लाग्छन। उनीहरू माघ ११ गते बिहान १० बजे नै खोलामा किशोरीहरूलाई पर्खेर बस्छन। मृतक ईशरा र सरस्वती खड्का दिउँसो १२ बजे मात्र रिमरौवा खोला नजिकको खोरबाट बाख्रो ल्याइ जङ्गल तिर जान्छन्। १४ वर्षीय इशरा र १५ वर्षीय सरस्वतीसँग उनीहरू तीनै जना एकसाथ भेट्छन्। सरस्वती खड्काको मोबाइलबाट किशोरहरूले गीत र भिडिओहरू साटासाट गर्छन। उनीहरू छिन्ने ओडारको ठुलो ढुङ्गामा बस्छन्।
यौन प्रस्ताव अस्वीकार गर्दा ढुङ्गा प्रहार
जङ्गलको ढुङ्गामा ६९ मंगलसेन ७६ (परिवर्तित नाम)ले दुबैलाई मायाको चिनो दोपट्टा माग्छन्। इशरा खड्काको सेतो दोपट्टा खोसेर ६९ मंगलसेन ७३ लाई दिन्छन्। इशरासँग टेलिफोनमा संवाद गर्दै आएका ६९ मंगलसेन ७३ ले नै दोपट्टा पाउँछन्। त्यही क्रममा उनले नै सरस्वतीको दोपट्टा माग्छन्।
तर, सरस्वती दिदैनन्। उनले सरस्वतीको इअरफोन खोस्छन्। सरस्वतीले दाइको इअरफोन भन्दै फिर्ता माग्छन्। इशराले मात्र दोपट्टा दिएपछि किशोरहरूको बिचमा नै विवाद हुन्छ। उनीहरू बसेको ठुलो ढुङ्गामा दोपट्टा खोसाखोससमेत हुन्छ। त्यही बेला सरस्वती र इशरा तल तिर जान्छन्। इशरा बाख्रा फर्काउन जान्छिन।
सरस्वती ढुङ्गाको तल तिर उभिन्छन। सोही समयमा ६९ मंगलसेन ७६ सरस्वती भएको स्थानमा आउछन्। उनले यौन सम्पर्क गर्न देउ भन्दै प्रस्ताव राख्छन्। सरस्वतीले विवाह गर्ने भएपछि मात्र यौन सम्पर्क गर्न दिने भन्छन्। किशोरले ५÷६ वर्षपछि विवाह गरौला भन्छन्। सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छन। सरस्वती खोला तिर हेर्छिन। सोही बेला यौन सम्पर्क गर्न नदिएको झोकमा किशोर (६९ मंगलसेन ७६)ले नजिकै रहेको ढुङ्गाले सरस्वतीको टाउकोको पछाडिको भागमा प्रहार गर्छन। सरस्वती सोही स्थानमा ढल्छन्। उनी बेहोस हुन्छन। उनको मृत्यु हुन्छ। किशोर पहिला उनीहरू बसेको ढुङ्गा नजिक जान्छन्। हातले ढुङ्गा लडाउन खोज्छन।
तर, ढुङ्गा लडाउन नसकेपछि जमिनको भित्तामा अडेस लगाइर दुबै खुट्टाले ढुङ्गा लडाउछन। बेहोस भएकी सरस्वतीलाई भाग्न अर्का किशोर भन्छन। ढुङ्गा आयो भन्दै किशोर कराउछन्। इशरा खड्का र उनका प्रेमी दुबै जना सरस्वती लडेको ठाउँमा पुग्छन्। सरस्वतीको मृत्यु भएको हुन्छ। किशोरहरू घरमा नभन्न भन्छन।
तर, इशराले अस्वीकार गर्छन। उनी घर तिर जाने प्रयास गर्छन। सरस्वतीको टाउकोमा ढुङ्गाले हानेका किशोरले इशराको हात समाउछन। पछाडी धकेल्छन्। इशराको बाटो छेक्छन्। इशराका प्रेमी (६९ मंगलसेन ७३)ले ढुङ्गा समाउछन्। इशराको निधारमा प्रहार गर्छन। इशरा पनि ढल्छन्। पछि अर्काे किशोरले पनि ढलेकी इशराको ढुङ्गाले अनुहारमा हान्छन। दुबै किशोरीको मृत्यु हुन्छ। किशोहरू फरार हुन्छन।
भवितव्य देखाउन ढुङ्गा खसालियो
हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने प्रयास गर्छन। उनीहरूले भीरमाथिबाट शव भएको स्थानतर्फ ढुङ्गा खसाउछन। १५ मिटरको दुरीमा किशोरीहरूको शव थियो। सरस्वती र इशराको शव भएको ठाउँ तिर किशोरहरू ढुङ्गा खसाउछन्। ठूला–साना गरेर दर्जनौँ ढुंगा खसालेका छन्। एकै पटक सोही ठाउँमा धेरै ढुङ्गा कसरी खसे ? भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो।
तीन जनाले भीर माथिबाट ढुङ्गा खसालिरहेको स्थानीयले देख्छन्। प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले अनुसन्धान थाल्छ। घटनास्थल वरपर देखिएका मानिसहरूमाथि केरकार गरियो। सोही क्रममा प्रहरीले दुवै किशोरलाई पनि नियन्त्रणमा लियो।
गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतवार राति उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ। अन्य दुुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर पाँच दिको म्याद थप गरिएको छ। किशोरहरूलाई प्रहरीको निगरानीमा राखिएको छ।
प्रहरीले सरस्वतीले मायाको चिनो दोपट्टा दिन नमान्नु, यौन प्रस्ताव अस्वीकार गर्नु र इशराले घटना लुकाउन अस्वीकार गर्नुले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ। भवितव्य देखाउन किशोहरूले ढुङ्गा खसाएका प्रहरीले बताएको छ। किशोरहरूलाई अछाम प्रहरीले शनिवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ।
प्रतिक्रिया दनुहोस्