स्रोत नखुलेको ६ लाख बढी भारतीय रुपैयाँसहित कञ्चनपुरका एक जना व्यक्ति पक्राउ

कञ्चनपुर : कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित सीमा क्षेत्रबाट स्रोत नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले माघ १७ गते नियमित जाँचका क्रममा उक्त रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा सो रकमको वैध स्रोत पुष्टि हुन नसकेपछि आवश्यक कारबाहीका लागि पक्राउ परेका व्यक्तिलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार